मेरो बारेमा
म को हुँ ?
मेरो नामः टिकाराम गौतम “उत्सुक”
मेरो ठेगानाः ल्वाङ्गघलेल गा.वि.स. ४, कोलेली, कास्की
मलाई के मन पर्छ ?
मलाई चलचित्र हेर्न, गीत संगीत सुन्न, साहित्य पढ्न मन पर्छ , त्यसका अलाबा साथीहरुसँग रमाइलो गर्न, नयाँ ठाउँको भ्रमण गर्न, दोहारी गीत गाउन र खासगरी अरुले गाएको सुन्न मन पर्छ । विभिन्न वेबसाइटहरुमा घुम्न पनि उत्तिकै मन पर्छ । साथै फुर्सद मिलेसम्म केही लेख्न अनि धेरै साथीहरु बनाउन मन पर्छ ।
ब्लग लेख्न कहिलेदेखी शुरु गरेको ?
सन् २००७ को फेब्रुअरी महिनादेखी उत्सुक.ब्लगसम.कम भन्ने साइटबाट मेरो ब्लगको औपचारीक यात्रा शुरु भएको थियो । विभिन्न प्राविधिक कठिनाइहरुका कारण ब्लगलाइ निरन्तरता दिन नसकीरहेको भएपनि सन् २००८ देखी नेपालीफेस.कम सञ्चालनमा ल्याइ ब्लग लेखनलाइ निरन्तरता दिन थालेको हुँ ।
म के गर्दै छु ?
म पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत छु । साथै सामूदायिक विकास कोष ल्वाङ्गघलेल कास्कीमा सामाजिक परीचालकको रुपमा कार्यरत छु ।
फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।