7 Jul
2010
काठमाडौं, अषाढ २३ – राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार बनाउने म्याद पाँच दिन थप गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलले आग्रह गरेपछि राष्ट्रपतिले बुधबार साँझ पाँच दिन म्याद थप गरेका हुन् ।
राष्ट्रपति यादवले पाँच दिनभित्र सहमतिको सरकार बनाउन दलहरु सक्षम हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले nepaliface.com लाई बताए । संविधान सभामा प्रतिनिधित्व गर्ने २५ दलको आग्रहमा राष्ट्रपतिले असार २८ सम्मको समय दिएका हुन् ।
म्याद थपका लागि राष्ट्रपतिलाई आग्रह गर्न प्रमुख तथा साना दलका नेताहरु बुधबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका थिए । एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री प्रेमबहादुर सिंह र दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवान राष्ट्रपति निवास पुगेका थिए । उनीहरुले समय थप्नका लागि २५ दलको बैठकको माइन्यूट सहित लिखित आग्रह गरेका थिए ।
राष्ट्रपति कार्यालयले दलहरुबाट लिखित अनुरोध आएकाले २८ गते सम्मको अवधि थप गरिएको जनाएको छ । बुधबार बिहान बसेको प्रमुख तीन दल तथा साँझ बसेको संविधानसभाका २५ दलको बैठकले राष्ट्रपति यादवले गरेको आहृवान पुनः पाँच दिन थप गर्न माग गर्ने निर्णय गरेको थियो ।
माओवादी, कांग्रेस र एमालेको बिहान बसेको बैठकले गृहकार्य नपुगेको भन्दै बहुमतीय सरकार गठनका लागि पाँच दिन समय थप गर्ने बिषयमा २५ बटै दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।
गत असार १६ गते बुधबार प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि बिहीबार राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८(१) बमोजिम सात दिनभित्र राष्ट्रिय सहमतिको आधारमा सरकार गठन गर्न व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आहृवान गरेका थिए ।
फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।सम्बन्धित शिर्षकहरु :
No Commentsसमाचार
सम्बन्धित चिनोटहरु: सरकार गठन प्रकृया
यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्याएर लेख्नु जरुरी छैन ।