समयमै संविधान नबने चुनावमा जानुपर्छ : कमल थापा

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

21 Apr
2010

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ १४ गतेसम्म संविधान जारी हुन नसके निर्वाचनमा जानुबाहेक देशमा अरु कुनै वैधानिक विकल्प बाँकी नरहने बताएका छन्। उनले भने- संविधान पनि नबन्ने र निर्वाचनमा पनि नजाने हो भने जेठ १४ पछि मुलुक उग्रवामपन्थी सर्वसत्तावाद वा प्रजातन्त्रको आवरणमा नयाँ अधिनायकवादमा फस्छ।

पार्टीको मध्यपश्चिमाञ्चल क्षेत्रीय सम्मलेनको बुधबार नेपालगन्जमा उदघाटन गर्दै थापाले संविधानसभाको म्याद थप गर्नु गैरकानुनी हुने बताए। ‘समयमै संविधान बन्न नसक्ने हो भने निर्क्योल गरी निर्वाचनमा जाने निश्चत गर्नुपर्छ। 

नयाँ संविधान निर्माण गर्न ६० अर्व रुपैयाँ खर्च भइसक्दा पनि संविधान बन्न नसक्नुमा कङ्ग्रेस, माओवादी र एमाले जिम्मेवार रहेका उनको भनाइ थियो। तीन ठूला दलले संविधानसभाको मिति थप्ने विषयमा सम्झौता गरिसकेको आरोप लगाउँदै थापाले मिति थप्ने विषयमा दलहरूले कति फाइदा लिने भन्ने कुरामा बार्गेनिङ गरिरहेको दाबी गरे। शान्नि र संविधानलाई अपहरण गरी दलहरूले जनतासँग फिरौती माग गर्ने काम गरिरहेको उनको भनाई छ। माओवादीले २ सय ४० सभासद्को धाक र एमाले/कङ्ग्रेसले एक तिहाई सदस्यको धाक लगाउँदा मुलुकको अवस्था जर्जर भएको उनले बताए।

विचार र उद्देश्य फरक भएका तीन वटा ठूला दलले आपसमा मिलेर संविधान बनाउँछन् भन्ने आशा मरिसकेको उल्लेख गर्दै थापाले भने- राजधानीबाट काकडभिट्टा र महेन्द्रनगरका लागि यात्रा थालेका व्यक्तिहरू चितवनमा पुग्दा छुट्टिनै पर्छ। अहिलेका  तीन दलको अवस्था यस्तै भएको उनको भनाई थियो। पूर्व राजा ज्ञानेन्द्रले भन्दा राम्रो काम गर्ने भन्दै मुलुकको बागडोर सम्हालेका दलहरूले चार वर्षमा मुलुकलाई थप अस्तव्यस्त पारेको उनले आरोप लगाए।

नेपालमा धर्म निरपेक्षता घोषणा गरेर आपसी धर्म र समप्रदायबीच सम्बन्ध बिगार्ने काम भइरहेको भन्दै थापाले नेपालको पहिचानको लागि हिन्दू राष्ट्रको माग गरे। केही सीमित व्यक्तिले विदेशीको पैसा खाएर धर्म निरपेक्षताको कुरा गर्ने गरेको थापाको आरोप छ।

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

सम्बन्धित शिर्षकहरु :

No Commentsसमाचार सम्बन्धित चिनोटहरु:

यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra