भैँसीको आक्रमणबाट पोखरामा दुइजना घाइते

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

15 Feb
2010

नेपालीफेस संवाददाता, फागुन ३

व्यापारीक प्रयोजनको लागी पोखरामा भित्र्याइएको एउटा अनियन्त्रित भैँसीको आक्रमणबाट आज साँझ करीब साढे सात बजेतिर पोखरा उपमहानगरपालिका वडा नं. १ बागबजारमा दुइजना गम्भिर घाइते भएका छन् भने पिडक भैँसीलाइ स्थानिय युवाहरुद्धारा मारीएको छ । घाइतेहरु मध्ये एक धादिङ घरभइ बागबजारमा डेरा गरी बस्ने ५१ वर्षिय कामी लामाको बागबजार स्थित काफ्ले मेडिकल हलमा उपचार भइरहेको छ । पोखरामा ज्यामी काम गर्दै आएका घाइते लामा कामबाट र्फकदै गर्दा उक्त भैँसीको आक्रमणमा परेका थिए भने अर्का घाइतेलाइ स्थानिय युवाहरुद्धारा पोखराको मनिपाल अस्पतालमा पुर्याइएको समाचार प्राप्त भएको छ । भैँसीलाइ मारीसकिएको भएपनि उक्त भैँसी कसको थियो भन्नेकुरा अहिले सम्म खुल्न आएको छैन यद्यपी त्यो भैँसी बागबजारको कसाही टोलबाट भाग्दै आएकोले उक्त क्षेत्रका मासु व्यापारीहरुले व्यापारीक प्रयोजनका लागी ल्याएको हुनसक्ने स्थानियबासीहरुको कथन छ ।

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

Random Posts

No Commentsसमाचार

यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra