27 Oct
2009
काठमाडौं। सञ्चारमन्त्री शंकर पोखरेलले राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउनुमा माओवादीको कुनै भुमिका नरहेको बताएका छन्। एबिसि न्युजका अनुसार
प्रेस चौतारी बाँकेले मंगलबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले माओवादीले हतियार बिसाएर शान्ति प्रकृयामा आएपछि मात्र राजतन्त्रको अन्त्य भएको बताए। मन्त्री पोखरेलले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति गलत नभएको बरु एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शान्ति प्रकृया भाड्ने योजना भएको आरोप लगाए। माओवादी आन्दोलनतिर संकेत गर्दै मन्त्री पोखरेलले सरकार माओवादीको धम्कीबाट नडराउने र चुपचाप पनि नबस्ने कुरा व्यक्त गरे। राष्ट्रपतिको प्रतिष्ठामा आँच आउने कुनै काम सरकारबाट नहुने भन्दै उनले राष्ट्रपतिको कदम भन्ने शब्द नै सरकारलाई स्वीकार्य नहुने बताए। यदि माओवादी सरकार चाहन्छ भने संसदमा बहुमत ल्याएर देखाउन उनले माओवादीलाई चुनौती दिएका छन्।
सम्बन्धित शिर्षकहरु :
1 Commentसमाचार
सम्बन्धित चिनोटहरु: एमाले, माओवादी, राजनिती
gautam subedi
28 Oct 2009
why sujata koirala moust lai goli hanna challange diako ?