27 Oct
2009
राजनीतिक सहमतिका लागि आफ्ना माग पुरा गर्न कात्तिक १५ गतेको अल्टीमेटम दिएको एकीकृत नेकपा माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । राजधानीमा बसेको माओवादीको राष्ट्रिय जनआन्दोलन समितिको सचिवालय वैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।
मंगलबार बिहान बसेको पदाधिकारीहरूको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको र राष्ट्रिय जनआन्दोलन समितिको बैठकले यसलाइ अन्तिम रूप दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
कांग्रेस र एमालेले माओवादी मागका विषयमा सहमति नजनाउने निणर्य गरेपछि माओवादीले आन्दोलन गर्ने निस्कर्ष निकालेको हो ।
अध्यक्ष प्रचण्डका अनुसार गाविस नगरपालिका जिल्ला प्रशासनदेखि सिंहदरबार घेराउसम्मका कार्यक्रम तय गरिएका छन ।
संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय सचिवालयको बैठकले तेश्रो जनआन्दोलनको संज्ञा दिएको आन्दोलनमा यही कात्तिक १५ गतेदेखि गाउँदेखि सहर केन्द्रीत धर्ना, घेराउ, नाकाबन्दी, जुलुस र चक्काजाम र अवज्ञाजस्ता सङ्घर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो बैठकले १५ गतेसम्म सहमतिमा जोड दिनेसमेत निर्णय गरेको छ ।
सचिवालय वैठकले देशभरी विरोध सभादेखि बन्द सम्मका आन्दोलनका कार्यक्रम तय गर्ने जनआन्दोलन समिति सचिवालय सदस्य दिनानाथ शर्माले जानकारी दिए ।
उनले आजै आन्दोलनका कार्यक्रम बनाएपनि कात्तिक १५ गतेपछि मात्रै माओवादी आन्दोलनमा जाने बताए ।
जनआन्दोलन समितिले तय गरेका आन्दोलनका कार्यक्रम दिउसो बस्ने केन्द्रीय समितिको वैठकले अनुमोदन गर्नेछ । माओवादी केन्द्रीय समितिको वैठक दिउसो १२ बजेदेखि पार्टी कार्यालय पेरिस डाँडामा बस्नेछ । केन्द्रीय समिति वैठकमा आन्दोलनका कार्यक्रम सँगै महाधिवेसनको तयारीका विषयमा पनि छलफल हुनेछ ।
केन्द्रीय समितिको वैठकपछि समय भए आजै र नभए भोलि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ ।
फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।सम्बन्धित शिर्षकहरु :
1 Commentसमाचार
सम्बन्धित चिनोटहरु: माओवादी, राजनिती, राष्ट्रपतिको असंबैधानिक कदम
krishna dawadi
31 Oct 2009
huncha hun6 jana andolan 1/3/3/4 ka name ma janata masne kam garnu hola,janata ta pagal ra bebkuf banaka chau aba j bhane pani manchan na mane bhane banduk dekhaune holani hainara?lala policy banayera janatako ragat khane kam garnu