12 Oct
2009
सुजाता कोइरालाको नामको अगाडि अब उपप्रधानमन्त्री थपिएको छ । उनलाइ उपप्रधानमन्त्री नबनाए नेकपा एमालेको नेतृत्वको सरकार ढलाइदिने गिरीजाप्रसाद कोइरालाको दबाब र सुजाताको घुर्कीका अगाडि माधवनेपालको केही लाग्न सक्ने कुरा पनि भएन । किनभने, भारतको र गीरीजाप्रसाद कोइरालाको आशिर्बादमा प्रधानमन्त्री भएका माधव कुमार नेपालले स्वविवेकले कुनै पनि निर्णय गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर नै हो । गतहप्ता सम्म काँग्रेसको प्रसंसा र माओबादीलाइ गाली गर्नमा मात्रै आफ्नो समय खर्चने गरेका माधव नेपालले यतिले मात्रै आफ्नो कुर्ची जोगीने नदेखेपछि बाध्य भएर सुजातालाइ उपप्रधानमन्त्री बनाउनु परेको विश्लेषण राजनितीक वृत्तमा गरीएको छ ।फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।
सम्बन्धित शिर्षकहरु :
No Commentsप्रमुख प्रशंग
सम्बन्धित चिनोटहरु: सपथ ग्रहण, सरकार गठन प्रकृया
यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्याएर लेख्नु जरुरी छैन ।