29 Sep
2011
-टिकाराम गौतम ‘उत्सुक’
मुटु जलिरहेछ, यो मन गलिरहेछ… जहाँ छन् बुद्धका आँखा… एकदिन मैले प्रभुसँग सोधेँ, कसरी शान्ति मिल्छ…जस्ता कालजयी गीत तथा भजनहरुका गायक भजनशिरोमणी भक्तराज आचार्यको ज्रि्रोमा भएको क्यान्सरका कारण उनले गाउन नसक्ने भएपछि उनका लाखौँ श्रोताहरु मर्माहत भए । हुनपनि एउटा गायकको सबैभन्दा ठूलो सम्पत्ती उसको आवाज हो, त्यहि नै गुमेपछि उसको अवस्था कस्तो हुन्छ होला । उसका हजार सपनाहरु… अलपत्र पर्न थाल्छन् ।
तर भक्तराजको बाँकी जीवनका सपना पूरा गर्न उनका दुइ छोराहरु सत्यराज आचार्य तथा स्वरुपराज आचार्यको सांगितिक आकासमा उदय भयो । बाबुसँगै संगीतको अध्ययन गरी चेला बनेका सत्यस्वरुपले बाबुको बिँडो थाम्दै गायकीमा सफलता मात्रै हासिल गरेनन्, बाबुका अधुरा सपनाहरु पूरा गर्ने पथमा समेत अग्रसर भए । यसले भजनशिरोमणीलाई केही राहत त महशुस भयो तर उनका अर्का चेला सिक्किमेली युवा निर्देशक प्रशान्त रसाइलीले भने आफ्ना गुरुको सम्मानमा, गुरुकै कथामा चलचित्र निर्माण गरे, जुन चलचित्र हिजो शुक्रबारदेखी देशभर पर््रदर्शनमा आएको छ । र, चलचित्र हो ‘आचार्य’ ।
चलचित्र आचार्य बजारमा आएका अन्य चलचित्र जस्तो व्यवसायिक चलचित्र होइन । यो चलचित्र भजनशिरोमणी भक्तराज आचार्यको वास्तविक जीवनमा आधारीत चलचित्र हो । भक्तराजको व्यक्तिगत जीवनका ९५ प्रतिशत कुरा यस चलचित्रको कथावस्तु भएको रहस्य निर्माता निर्देशक रसाइलीले बताएका छन् ।
चलचित्र आचार्यका छायाँकन सिक्कीम, दार्जलिङ तथा काठमाडौँका विभिन्न स्थानमा गरीएको छ । यस चलचित्रमा भजनशिरोमणीका ६ वटा कालजयी गीतहरु समावेश गरीएको छ । अर्को महत्वपर्ूण्ा कुरा यो चलचित्रमा भजनशिरोमणी भक्तराज आचार्यको भुमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले अभिनय गरेका छन् भने कान्छा छोरा स्वरुपराज आचार्यले पनि एउटा गीतमा अभिनय गरेका छन् । चलचित्रमा अभिनय गरे सँगसँगै गायक तथा नायक सत्यराजको चर्चा र्सवत्र चुलिन थालेको छ । चलचित्रलाई सांगितिक चलचित्र भन्दा पनि फरक पर्दैन ।
चलचित्र महंगो बनेको छ, पर््रदर्शन पछि लगानी उठ्छ उठ्दैन त्यो आफ्नो ठाउँमा छ, तर यो चलचित्र आफुले गुरुदक्षिणा स्वरुप निर्माण गरेको निर्माता प्रशान्त रसाइलीले बताए । त्यसो त हिजो नै चलचित्रले बक्स अफिसमा राम्रो लक्षण देखाएको छ । एकादर्ुइ स्टेशन बाहेक देशभर एकैसाथ पर््रदर्शनमा आएको चलचित्र आचार्यले दर्शकको माया बटुल्न सफल भएको छ । यो चलचित्र तीनीहरुको लागी हो, जो सफल गायक हुन चाहन्छन् वा, जसले गायकलाई माया गर्छन् । हुनपनि प्रायःजसो स्रष्टाहरुलाई मरणोपरान्त स्मरण गर्ने परम्परालाई चुनौति दिँदै आफ्ना गुरुको सम्मानमा एउटा चेलाले चलचित्र निर्माण गर्ने कार्य निश्चय पनि स्वागतयोग्य कुरा हो ।
एउटा सफल गायक हुनको लागी एउटा युवाले भोग्नुपरेका पिडा बडो मार्मिक ढंगले प्रस्तुत गरीएको यस चलचित्र हर्ेदा दर्शकहरु पनि एकदमै भावुक हुन्छन् । कतिपय दृश्यमा आँसु नै र्झन सक्छ । यदि तपाईले चलचित्र आचार्य हर्ेर्नुभएको छैन र हर्ेन जाँदै हुनुहुन्छ भने साथमा रुमाल पनि लिएर जानुहोला…. आँसु पुछ्न काम लाग्छ ।
(युनाईटेड राष्टिय दैनिक, असोज ७, २०६८)
फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।यसमा कसैको प्रतिकृया छैन ।चलचित्र
सम्बन्धित चिनोटहरु: मनोरञ्जन